logo-img

बंगलादेशमा आमनिर्वाचन : मतदान सम्पन्न

बंगलादेशमा हिंसाका घटनाकै बीच आमनिर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समयअनुसार बिहान पौने ८ बजेबाट सुरु भएको मतदान बेलुका सवा ४ बजेसम्म चलेको थियो ।

बंगलादेशमा ३० प्रतिशतभन्दा पनि कम मतदाताले मतदान गरेका छन् । २०१८ को चुनावमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । यसपटक विपक्षीको बहिष्कारका बाबजुद चुनाव भएको हो । तर, निर्वाचन अधिकारीले खसेको मतको प्रतिशत सार्वजिनक गरिसकेका छैनन् । 

विपक्षी दलले बहिष्कार गरेका कारण पनि कम मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  मतदानका बेला आज विभिन्न ठाउँमा हिंसाका छिटपुट घटना भने भएका छन् ।

नतिजा सोमबार सार्वजनिक हुनेछ । विपक्षी दलले निर्वाचन बहिष्कार गरेकाले सत्तारुढ अवामी लिगको जित निश्चित मानिएको छ । शेख हसिना हाल बंगलादेशकी प्रधानमन्त्री छिन् । बंगलादेशको ठूलो विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले हसिनाको नेतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने आरोप लगाउँदै बहिष्कार गरेको हो ।  



बंगलादेशमा सांसदको संख्या तीन सय ५० छ । तीन सय प्रत्यक्ष र ५० सिट महिलाका लागि आरक्षित छ ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया