२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवारको नाम
गगन थापाको लिखित असहमति

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १० जना उम्मेदवारको नाम टुंग्याएको छ । 


जसअनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेस प्रदेशमा आनन्द ढुंगानालाई उम्मेदवार बनाइएको छ । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।



यस्तै, गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकले बताए । 

यस्तै, कांग्रेसले कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ । 



मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गएराति सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । यद्यपि पार्टीको निर्णयमा महामन्त्री गगनकुमार थापाले फरकमत राखेका छन् ।  

कांग्रेसले टुंग्याएका उम्मेदवारको नाम :




  • प्रकाशित मिति : २३ पुस, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया