logo-img

विपक्षीविनाको निर्वाचन : हसिनालाई ‘पूर्ण विजय’ प्राप्त

सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुसियाली मनाउँदै गर्दा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारको आमनिर्वाचन ‘अवैध’ भन्ने विपक्षीको आलोचनालाई अस्वीकार गरेकी छिन् । 

कुनैबेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको नेतृत्व गरेकी छिन्, तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लंघ र असहमतिमाथि निर्मम कारबाहीको आरोप लगाइएको छ । 

‘निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो,’ उनले आइतबार मतदान गरेपछि आफ्नो पहिलो टिप्पणीमा पत्रकारहरूसँग भनेकी थिइन् । जम्मा ४१ दशमलव आठ प्रतिशत मात्र मतदान भएको आइतबारको निर्वाचनमा विपक्षीहरूको बहिष्कारपछि उनको पार्टीले तीन चौथाइ सिट हासिल गरेको छ । 

‘कुनै पार्टीले निर्वाचनमा भाग लिएन भने त्यहाँ लोकतन्त्र छैन भन्ने होइन,’ उनले भनिन्, ‘आलोचना गर्न चाहनेले आलोचना गर्न सक्छ ।’



विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आमहडतालको आह्वान गर्यो र अन्य दर्जनौँ दलले निर्वाचन बहिष्कार गरे । बिएनपीका वरिष्ठ नेता मोइन खानले सोमबार ढाकामा पत्रकारहरूसँग निर्वाचनलाई ‘नक्कली निर्वाचन’ भन्दै सरकार ‘अवैध’ रहेको बताए । 

निर्वाचन आयोगका सचिव मोनिरुज्जमान तालुकदारले हसिनाको पार्टीले आइतबारको निर्वाचनमा दुई सय २३ सिट जितेको बताए । यद्यपि अन्य सांसदको समर्थनमा तीन सय सिटको संसद्मा उनको वास्तविक नियन्त्रण अझ बढी भएको विश्लेषकहरूले बताएका छन् । 



७६ वर्षीया हसिनाले आइतबार मतदानपछि नागरिकहरूसँग लोकतान्त्रिक प्रक्रियामा विश्वास देखाउन आह्वान गर्दै बिनपीलाई ‘आतंकवादी संगठन’को संज्ञा दिइन् । 

इलिनोइस स्टेट विश्वविद्यालयका अलि रिायजले एएफपीलाई भने, ‘यो एक दलीय संसद् हो, निर्वाचनमा अवामी लिगका सहयोगीहरूलाई मात्र भाग लिने अवसर प्राप्त भएको थियो ।’



  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया