इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले पश्चिम एसियामा धेरै असुरक्षा, अस्थिरता र तनावको कारक अमेरिकी सेनाको उपस्थिति र हस्तक्षेपमा रहेको बताएका छन् ।
इराक र अन्य क्षेत्रीय राज्यहरूमा अमेरिकी सेना र प्रतिरोधी समूहहरूबीचको पछिल्लो तनावबारे टिप्पणी गर्दै उहाँले इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
कनानीको टिप्पणीले पूर्वी बगदादमा हशद शाबी प्रतिरोधी समूहको मुख्यालयमा बिहीबार अमेरिकी सेनाले गरेको आक्रमणपछि हशद शाबीको हिस्सा रहेको हरकत अल–नुजाबा समूहका नेतासहित तीन जनाको मृत्यु भएको थियो ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले शुक्रवार आफ्नो सरकारले इराकमा रहेको अमेरिकी नेतृत्वको गठबन्धनसँग विदेशी सेना फिर्ता गर्ने व्यवस्था मिलाउन समितिमार्फत वार्ता सुरु गर्ने बताए । इराकी भू–भागबाट अमेरिकी सेना फिर्ता गर्ने समय आएको कनानीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।