विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २।४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंककाअनुसार सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ ।
श्रीलङ्काको उत्पादनमा आर्थिक वर्ष २०२२/०२३ मा केही घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।
यद्यपि, बैङ्कले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।
बैङ्कले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५।७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।