६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैङ्कले बुधबार  सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २।४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंककाअनुसार सन् २०२३ मा  श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ ।



श्रीलङ्काको उत्पादनमा  आर्थिक वर्ष २०२२/०२३ मा केही घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।

यद्यपि, बैङ्कले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।



बैङ्कले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५।७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । 



  • प्रकाशित मिति : २५ पुस, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया