एजेन्सी— बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको विवाहको प्रतिक्षा उनीहरुका प्रशंसकले गर्न थालेको निकै समय भइसकेको छ । गत वर्ष नै यी दुईले विवाह गर्लान् कि भन्ने अनुमान पनि थियो । भारतीय मिडियाका खबरहरुका अनुसार अब चाहिँ यी दुईले आफ्नो सम्बन्धलाई अर्को स्टेपमा लैजान चाहेका छन् । त्यो हो, उनीहरु विवाह गर्ने मुडमा पुगेका छन् । र, विवाहको मिति पनि तोकिइसकेको छ– १९ अप्रिल । विवाहमा चाहिँ यी दुईका परिवार र अत्यन्त निकट साथीहरु मात्र सहभागि हुने भारतीय मिडियाहरुले दाबी गरेका छन् ।
समाचारअनुसार अहिले यी दुईको विवाहको तयारी धुमधामले गरिएको छ । क्रिस्चियन रीतिरिवाजअनुसार हुने विवाहलाई गोप्य राख्न यसको तयारीमा लागेकाहरुलाई पनि निर्देशन दिइएको छ । विवाहमा करीना कपूर खान, करिश्मा कपुर, दीपिका पादुकोण तथा रणवीर सिंहलाई बोलाइसकिएको भारतीय मिडियाले दाबी गरेका छन् । यी दुईले केही दिनअघि मात्रै लोखन्डवालामा एउटा अपार्टमेन्ट पनि किनिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।