logo-img

चिसोमा दमका बिरामीले स्वास्थ्यको ख्याल कसरी गर्ने ? यस्ता छन् डाक्टरका सुझाव

चिसोमा मौसममा अन्य बिरामीलाई झैँ दमको समस्या भएका व्यक्तिलाई पनि सताउने गर्छ । दम भनेको श्वासप्रश्वास सम्बन्धी एउटा दीर्घ रोग हो । विभिन्न उमेर समूहका व्यक्तिमा विभिन्न किसिमका दम हुन्छन् । 

यसमध्ये मुख्य गरी सिओपिडी दम धूम्रपान गर्ने व्यक्तिमा, वायु प्रदूषण (घरभित्र र बाहिरको प्रदूषण)को कारणले हुन्छ । यस्तै कम उमेर समूह र विशेष गरी महिलाहरू, एलर्जीका समस्या भएका व्यक्तिहरूलाई आज्मा दमको समस्या देखिन्छ । दमका बिरामीलाई गर्मी याममा भन्दा चिसो याममा बढी दुःख हुन्छ । त्यसैले चिसो मौसममा दमका बिरामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । 

दमका बिरामीले निम्न तरिकाले स्वास्थ्यको हेरचाह गर्न छाती रोग विशेषज्ञ डा. नीरज बम सुझाव दिन्छन् । 

– आफू बस्ने कोठालाई न्यानो बनाइराख्ने, 
– न्यानो कपडा लगाउने, 
– चिसो हावामा नजाने,
– बिहान सास बढ्ने खालको व्यायाम नगर्ने, 
– सकेसम्म मुखबाट सास नफेर्ने,
– रुघाखोकी तथा फ्लुजस्ता श्वासप्रश्वाससँग जोडिएका सङ्क्रमणको खतरा चिसो मौसममा बढ्ने गर्छ जसले दमलाई झनै बढाउन सक्छ । त्यसैले फोक्सो स्वस्थ राख्न हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउने,
– चिसोमा दमका रोगीले नियमित औषधि सेवन गर्ने,
– धेरैले अलिक कम भयो भनेर औषधि बीचमै छोड्ने गर्छन्, यसरी बीचमै औषधि नछोड्ने,
– घरबाहिर जाँदा सामान्य मास्कको सट्टा एन–९५ वा एन–९९ मास्क प्रयोग गर्ने बानी बसाल्ने, 
– भिडभाडमा नजाने,  
– अक्सिजनको जोहो गरिराख्ने।, निबुलाइजर प्रयोग गर्ने बिरामीले साथमै राख्नुपर्छ । यसका साथै लगातार खोकी लागेको खण्डमा लामो समयसम्म खपेर बस्नुको साटो तुरुन्त चिकित्सककहाँ जँचाउन र परामर्शका लागि जानुपर्छ । 



छाती रोग विशेषज्ञ डा. नीरज बमसँगको कुराकानीमा आधारित 
 





  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया