logo-img

माघे संक्रान्तिका लागि मंसिरदेखि चाकु बनाउँदै टोखाका उद्यमी, माग धान्न भ्याइनभ्याई [तस्बिरहरू]

माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याई भ्याइ छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ । माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरूले बताएका छन् । 

काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरूले बताए । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रूपमा प्रख्यात छ । त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरुलाई चटारो रहेको छ । 

उनीहरुले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तीमा बढी माग हुने गरेको बताए । चाकु उद्यमीहरूले व्यापारिक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अस्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए । व्यवसायीहरूले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए । टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप,अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताए । 

 उनले माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सीमित उद्यमीहरू भएकाले भ्याइनभ्याई रहेको बताए । उनले चाकु परम्परागत रूपमा नै बनाउने भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताए । उनले चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न समस्या भइरहेको बताए । उनले सीमित चाकु उद्यमीहरू भएकाले आम्दानी भन्दा पनि माघे संक्रान्तिमा जनतालाई सहज मूल्यमा पाउने गरी व्यापार गरिरहेको बताए ।

उनले भने,‘चाकु परम्परागत रूपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौँ । चाकु बनाउँदा गुणस्तर चाकु प्रयोग गर्ने कोसिस गरिरहेका छौँ । विश्व बजारसम्म लैजाने हिसाबले गुणस्तर कायम गर्न खोजेका छौँ । टोखामा बनेको चाकु अमेरिका युरोप,अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिरहेका छौँ ।’



टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताइन् । उनले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भए पनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताइन् । उनले  विगतका वर्षहरू भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको बताइन् । उनले अन्य समयमा मागअनुसार चाकु बनाइने बताइन् । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गरिन् । 



उनले भनिन्,‘माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई छ । माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भयो । १४ वटा कम्पनी रहेका छन् । सबैले उत्पादन गरिरहेका छन् । यो वर्ष चाकुको व्यापार राम्रो छ । अन्य समयमा अर्डरअनुसार चाकु बनाइन्छ । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको छ । अन्य समयमा बनाएको चाकु बिक्री नहुने गरेको भए पनि अहिले १० दिन अगाडिदेखि भ्याइनभ्याई छ ।’

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए । उनले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताए । उनले टोखाका चाकु उद्यमीहरूले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नभएको बताए । चाकु अमेरिका र अस्ट्रेलिया समेत जाने गरेको बताए । उनले काठमाडौं,भक्तपुर र ललितपुरमा नै धेरै चाकु खपत हुने बताए । उनले चाकु महिलाहरू सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गरेको बताए ।

उनले भने,‘चाकुको काम गरेको चार पुस्ता भयो । चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई छ । बनाएको चाकु बिक्री नभएको भन्ने छैन । चाकु अमेरिका र अस्ट्रेलिया समेत निर्यात गर्ने गरेका छौँ । काठमाडौं भक्तपुर ललितपुरमा धेरै र बाँकी  विदेशमा पनि चाकु हामीले निर्यात गर्छौं । नेपालमा गर्मी र विदेशमा जाडो भएको बेलामा मात्रै बढी बाहिर जान्छ । चाकु महिलाहरू सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने भएको र न्यानो पनि भएकाले बढी बिक्री हुन्छ । अन्य ठाउँको भन्दा टोखाको चाकु राम्रो हुन्छ । मंसिरदेखि बनाएको अहिलेसम्म भ्याइनभ्याई छ ।’

माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्त्वपूर्ण मानिन्छ । चाकु खास गरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । 

 

  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया