एजेन्सी– बेलायतमा युराेपेली युनियनबाट कसरी छुट्टिने (ब्रेक्जिट) भन्ने विषयमा व्यापक चर्काचर्की भएकाे छ । यसबीच दाेस्राे फेजकाे ब्रेक्जिट प्रक्रिया सुरु गर्नुअघि नै आफूले राजीनामा दिने बेलायती प्रधानमन्त्री थेरेसा मेले वाचा गरेकी छिन् ।
मेले कन्जरभेटिभ १९२२ कमिटीसँग छलफल गरेर याे निर्णय गरेकाे र यसलाई बेलायती सांसद्हरुलाई पनि सुनाएकाे बेलायती पत्रिका गार्जियनले लेखेकाे छ ।
तर मेले कहिले राजीनामा दिने भन्नेबारे बताएकी छैनन् । स्पेक्टेटरका पत्रकारले ट्विटरमा लेखेका छन्:
May said she wanted an orderly handover to a new Tory PM. She told MPs she had heard the message. No date given for departure. But clear sense she will leave before phase 2
— James Forsyth (@JGForsyth) March 27, 2019
मेले सांसद्हरुलाई अब देश नयाँ च्याप्टरमा जान लागेकाे र त्यसका लागि आफूले मार्ग प्रशस्त गर्न पनि तयार भएकाे बताएकी छिन् । आफूले यसअघि साेचेकाे भन्दा अगाडि नै प्रधानमन्त्रीकाे कुर्ची छाेड्न तयार भएकाे र पार्टी र देशका लागि राम्राे गर्न खाेजेकाे मेले बताएकी छिन् ।
आज बेलायती संसदमा सांसद्हरुले ब्रेक्जिटकाे सन्दर्भमा तयार भएका ८ विभिन्न विकल्पमाथि मतदान गर्दै छन् । तर, यसले ब्रेक्जिट मुद्दालाई थप अन्याेलमा धकेल्दै लगेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।