बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष निमप्रसाद थारूको निधन भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ठाकुरबाबा नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित थारूको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो । थारूलाई शनिबार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।