इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार भएकाे खेलमा किंग्स इलेभेन पन्जाबमाथि काेलकता नाइट राइडर्स (केकेआर)ले सहज जित हासिल गरेकाे छ । उसले पन्जाबमाथि २८ रनकाे सहज जित निकालेकाे हाे । केकेआरकाे घरेलु मैदानमा भएकाे खेलमा टस चाहिँ पन्जाबले जितेकाे थियाे । ब्याटिङकाे निम्ताे पाएकाे केकेआरले पहिलाे ओभरबाट नै आक्रामक खेल्न सुरु गर्याे ।
याे केकेआरकाे याे सिजनका लागि दाेस्राे जित हाे । केकेआरले पन्जाबसामु २१९ रनकाे चुनाैति राखेकाे थियाे । तर, पन्जाबले निर्धारित २० ओभरमा १९० रन मात्र जाेड्न सक्याे ।
केकेआरका लागि नीतिश राणाले ६३, रबिन उथप्पाले ६७ (नट आउट), आन्द्र रसेलले १७ बलमा ४८ रनकाे याेगदान दिएका थिए । १७ बलकाे छाेटाे पारीमा रसेलले ३ चाैका र ५ छक्का प्रहार गरेका थिए । रसेलले बलिङमा पनि २१ रन दिएर २ विकेट लिए । पन्जाबमाथि सहज जित निकाल्न केकेआरका लागि याे खेलमा रसेल महत्वपूर्ण सावित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।