logo-img

अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट

अपांगता भएका व्यक्तिको लागि पहुँचयोग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिको लागि पहुँचयोग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँडडुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र शुसान्त विडारीले रिट दर्ता गरेका हुन् ।  उनीहरू कानुनका विद्यार्थी हुन् । 

सरकार र सरोकारवाला निकायले  कानुनी व्यवस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानुनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाइ पहुँचयोग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेशसहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका विक्रमले बताए । 

‘सडकपेटीमा अपांगता भएका व्यक्तिलाई हिँड्न सहज छैन । अधिकांश सडकपेटीमा खाल्डाखुल्डी छन्, कतै व्हिलचियर नै नछिर्ने साँघुरा पेटी छन् । पेटीको बीचमा बिजुलीका पोल भेटिन्छन् । यसले पेटीबाट आउजाउ गर्न साधारण मानिसलाई समेत सकस हुन्छ,’ उनले भने, ‘यसरी राज्यले नै कानुनको खिल्ली उडाउन पाउँदैन ।’

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं​ महानगरपालिकालाई विपक्षी बनाइएको छ । 

उनीहरूको रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १०:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया