जर्मनीमा लगातार ६० दिनसम्म सुत्नेलाई २० लाख

एजेन्सी– नासा र युरोपियन स्पेस एजेन्सी (इएसए) ले ६० दिनसम्म बिस्तारामा सुत्न २४ जना व्यक्तिहरुको खोजी गरिरहेका छन् ।

जिरो ग्रयाभिटीको परीक्षणका लागि यी स्पेस एजेन्सीले ६० दिनसम्म बिस्तारामा सुत्ने मान्छे खोजेका हुन् । यसरी बिस्तारामा बस्ने मानिसलाई उनीहरुले पारिश्रमिक पनि दिनेछन् । 

यो परीक्षण जर्मनीमा गरिनेछ । यसमा २४ भोलुनटियर्सको आवश्यकता रहेको नासाले जनाएको छ, जसमा १२–१२ जनाको दुई समूहबाट परीक्षण गरिनेछ । परीक्षणमा सहभागी हुने व्यक्तिको टाउको थोरै तल र खुट्टा केही माथि राखेर सुताइनेछ । यसले ब्लड सर्कुलेशनमा कमी आउँछ र मांशपेशी यसकाे प्रभाव देखिन्छ। 

लामो समयसम्म स्पेसमा रहने क्रममा अन्तरिक्ष यात्रीको मांसपेशीमा असामान्य क्रिया हुन सुरु गर्छ । नासा र इएसएका वैज्ञानिकहरु जिरो ग्रयाभिटीले शरीरमा के के परिवर्तन आउँछ जान्न चाहन्छन् । साथै अन्तरिक्षमा लामो समयसम्म रहँदा अन्तरिक्ष यात्रीलाई के फाइदा हुन्छ भनेर पत्ता लगाउन उनीहरुले यो परीक्षण गर्न लागेका हुन् । 

वैज्ञानिकहरुले पहिलाे राउन्डका लागि १२ जना मानिस भर्ती गरेका छन् र अन्यकाे १२ जनाकाे लागि उनीहरु खाेजीमा छन्। यसमा सहभागी हुने व्यक्तिहरुले  टिभी, फिल्म हेर्न र गेम पनि खेल्न पाउनेछन् । यसका लागि नासाले प्रतिव्यक्ति करिब २० लाख रुपैयाँ पारिश्रमिक दिनेछ । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ८:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया