घाइते पत्रकारलाई अस्पताल पुर्याए राहुलले

एजेन्सी– अहिले भारतलाई लोकसभा निर्वाचनको माहोलले छोपेको छ । त्यसैले भारतीय मिडियामा ससाना सामाचार पनि प्रकाशन भइरहेका छन् । भारतीय कंग्रेस र भारतीय जनता पार्टीका नेतामात्र होइन, अन्य नेताहरु पनि जनतासम्म पुग्न खोजेका छन् । 

यहीबीच कंग्रेस अध्यक्ष राहुल गान्धीले बुधबार एक घाइते पत्रकारलाई सडकबाट उठाएर अस्पताल पुर्याएका छन् । उनले ती पत्रकारलाई आफ्नै गाडीमा राखेर एम्स अस्पताल पुर्याएका हुन् । यो जानकारी उनको स्टाफले जारी गरेको भिडियोबाट बाहिर आएको र यसले अहिले भारतमा निकै चर्चा पाएको छ । 

दिल्लीको हुमायुं रोडमा दुर्घटनामा परेका राजस्थानका पत्रकार राजेन्द्र व्यासलाई राहुलले अस्पताल पुर्याएका हुन् । राहुल त्यही बाटो हुँदै कुनै कार्यक्रममा जाँदै थिए । बाटोमा दुर्घटना देखेपछि उनले आफ्नो गाडी रोके र व्यासलाई आफ्नो गाडीमा राखेर अस्पताल पुर्याए । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ८:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया