जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३२ पुगेको छ । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ ।
वाजिमा सहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।
उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो । भूकम्पमा परी वाजिमा शहरमा १७ र सुजु सहरमा चार जना गरी कूल २१ जना अझै बेपत्ता रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरणअनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्याङ्कन गर्दा प्रभावित भवनको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।
वाजिमा र सुजुका सहरमा क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) ले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।