अब अदालतमा रोबोटले फैसला सुनाउने !

एजेन्सी– अब अदालतमा पनि रोबोटले नै फैसला सुनाउने भएको छ । उत्तरी युरोपको एस्टोनियामा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गर्दै रोबोटलाई न्यााधीश बनाइएको हो । यसले तल्लो अदालतमा लामो समय देखि थन्किएका मुद्दालाई छिटो फछ्र्यौट गर्न सहयोग गर्ने आश गरिएको छ ।

रोबोटले सुनाएका सबै फैसलालाई न्यायिक मानिने बताइएको छ । तर, रोबोटले गरेका फैसलालाई अपिल गर्न पाइने नियम पनि त्यहाँ बनाइएको छ । त्यसपछि मानव न्यायाधीशले रोबोटले गरेको फैसलालाई हेर्नेछन् ।

रोबोटले कानुनी दस्तावेजलाई सम्झने र त्यसको विश्लेषण गरेर मात्र फैसला सुनाउने त्यहाँका अधिकारीले बताएका छन् । अहिले यो काम अध्ययनमा रहेको र मेबाट यसको प्रयोग गर्न सकिने त्यहाँका अधिकारीले जनाएका छन् । 

त्यसो त एस्टोनियामा रोबोटको मद्दतले यसअघि पनि कयौँ सुविधा दिइसकिएको छ । राष्ट्रिय परिचय पत्र, इ—भोट, डिजिटर कर सेवालगायतका काममा अहिले पनि एस्टोनियामा रोबोटको प्रयोग भइरहेको छ । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ९:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया