तीन कार्यकर्ताले त्यागे विप्लव समूह

गोरखा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी नेकपाका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । 

विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । ‘समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पुर्याउँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।’ 

गोरखा सिरानचोक गाउँपालिका–४ चोरकाटे स्थायी ठेगाना भएका तीनैजना उक्त समूहमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै आएका थिए । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ११:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया