अमेरिकी गायिका म्याडोनाविरुद्ध उनका दुई फ्यानले किन गरे मुद्दा दायर ?

अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरूले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्दामा म्याडोनाको तीन रातको कन्सर्ट स्थानीय समयअनुसार २०ः३० मा सुरु हुने भनिए पनि त्यो समयमा नभई २२ः३० मा कन्सर्ट सुरु भएको र १ बजे सकिएको उल्लेख गरेका छन् ।

उनीहरूले कन्सर्ट यति ढिला सकिने थाहा पाएको भए आफूहरूले टिकट नकिन्ने उल्लेख गरेका छन् । ‘कन्सर्टमा सहभागी धेरै टिकटधारीहरू काममा जान वा भोलिपल्ट आफ्नो पारिवारिक जिम्मेवारी सम्हाल्न चाँडै उठ्नुपर्थ्यो’, मुद्दामा भनिएको छ ।

उनीहरूले आयोजक लाइभ नेसन र कन्सर्ट स्थल बार्कलेज सेन्टरलाई पनि ‘झुटो विज्ञापन, लापरबाही, अनुचित र भ्रामक व्यापार अभ्यास’ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।
फेलो र ह्याडेन गत डिसेम्बर १३ को दिन कन्सर्टमा उपस्थित थिए । तर कानुनी कागजात हेर्दा त्यो स्थानमा १४ र १६ डिसेम्बरमा पनि दुई घण्टा ढिला कार्यक्रम सुरु भएको थियो ।

‘प्रतिवादीहरूले टिकटबाहकलाई दुई घण्टा ढिलो गरी कन्सर्ट सुरु हुनेछ भनेर सूचना दिन असफल भएका थिए । जस कारण टिकट बाहकले केही घण्टा पर्खनु परेको थियो’, मुद्दामा भनिएको छ ।

मुद्राको पत्रमा म्याडोनाले यसअघि पनि धेरै कन्सर्टमा ढिलो गाउने गरेको उदाहरण उल्लेख गरिएको थियो । जसअनुसार सन् २०१६ को रेबेल हर्ट टुर, २०१९–२०२० को म्याडेम एक्स टु र त्यसअघिका टुरमा पनि उनले ढिलो आइपुग्ने, कन्सर्ट ढिलो गर्ने गरेको उल्लेख छ ।



फ्यानहरुले म्याडोनाको कन्सर्ट ढिलो भएकोमा आपत्ति जनाएको यो पहिलो पटक होइन । सन् २०१९ मा एक प्रशंसकले युएस शोमा ढिलाइ गरेको भन्दै म्याडोनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । तर, एक महिनापछि उनले स्वेच्छाले मुद्दा फिर्ता लिए ।

सोही वर्ष म्याडोनाले एक लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँ उनले ‘त्यहाँ केही कुरा छ, जुन सबैले बुझ्न आवश्यक छ । र त्यो हो, रानी कहिल्यै ढिलो हुँदैन’ म्याडोनाले भनेकी थिइन् ।



  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार ८:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया