गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन् ।
क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएनएनले सम्मान गरेको हो ।
समारोहमा एनआरएनएका अध्यक्ष बद्री केसीसहित पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।