गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ । आक्रमणमा थप २७८ जना घाइते भएका छन् ।
जारी इजरायल–हमास द्वन्द्वले गत ७ अक्टोबरबाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् । वेस्ट बैंकमा इजरायली सेनाले बिहीबार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ ।
७ अक्टोबरदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३ सय ६८ प्यालेस्टाइनी मारिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।