फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । योसँगै उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने भएका छन् ।
डेसेन्टिसले आफूसँग विजयको स्पष्ट बाटो नरहेको बताए । उनले बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफूपछि हटेको बताए । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।
उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत ट्रम्पलाई रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।