३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

युक्रेनी सैनिकलाई मुसाको चुनौती

रुसविरुद्ध युद्ध गर्दै आएका युक्रेनका सैनिकलाई मुसाको चुनौती पनि थपिएको छ । युद्धको अवस्था र प्रतिकूल चिसो मौसममा मुसाले सैनिकमा गम्भीर रोग फैलाउने र सैन्य कारबाहीमा पनि बाधा पुर्‍याउने गरेको र यो अवस्थाले प्रथम विश्वयुद्धको सम्झना दिलाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रथम विश्वयुद्धको दौरानमा पनि मुसाहरूले सैनिकहरूलाई गम्भीर तनाव दिएका थिए । युक्रेनी सेनामा कार्यरत एक महिला सिपाही मुसाहरू आराम गर्न खोज्ने सैनिकहरूको लुगामा पस्छन् र उनीहरूको औँला टोक्ने गरेको बताइन् ।



युक्रेनी र रुसी सैनिकद्वारा इन्टरनेट मिडियामा सार्वजनिक गरिएको भिडियोले मुसाहरू ओछ्यानमुनि, ब्याकप्याक, विद्युतीय जेनेरेटर, कोटको खल्ती र तकियामा भेटिएको देखिएको छ ।
 





  • प्रकाशित मिति : ८ माघ, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया