सेयर बजारमा सुधारको क्रम जारी

काठमाडौ‌– सेयर बजारमा सुधारको क्रम जारी छ । पछिल्लो दिनमा सामान्य अ‌कले वृद्धि भएको बजारमा बिहीबार कारोबारमापक नेप्से परिसूचक २‍०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ । 

कुल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता सेयर १४ करोड ५९ लाख ११ हजार ९ सय १५ मूल्यमा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका १० उपसमूहमध्ये चार उपसमूहको सेयर भने घटेका छन् । यस्तै ६ उपसमूहको सेयरमा भने वृद्धि भएको छ । बैंकिङ १.३८, निर्जीवन बिमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बिमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् । 

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई करोड ६२ लाख ८४ हजार ८ सय १६ मूल्यमा खरिद– बिक्री भयो । यस्तै, प्रभु बैंकको एक करोड २३ लाख २३ हजार ३ सय ५१, नेपाल लाइफ इन्स्योरेन्सको ९९ लाख ७६ हजार ५ सय ४, बैंक अफ काठमाडौं ९३ लाख ५५ हजार ३ सय ३०, एनएमबी बैंकको ८६ लाख ४६ हजार ५ सय २५ मा कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फन्ड एक ४.७३, नबिल इक्विटी फन्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सेयरधनीले चार प्रतिशतले कमाएका छन् । 

यस्तै युनिभर्सल पावर कम्पनीका सेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका सेयरधनीले चार प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १८:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया