२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

इजरायली बमबारीमा दक्षिणी गाजामा ४० प्यालेस्टिनीको मृत्यु

दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी लडाकू र इजरायली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ । उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन् । 



गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा १ सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन् । जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।  





  • प्रकाशित मिति : ९ माघ, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया