अमेरिकाको सिकागोमा दुई छुट्टाछुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा चलेको हो ।
घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रूपमा भएको छ । प्रहरी प्रमुख बिल इभान्सका अनुसार दुई छुट्टाछुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।
प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको छ । प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।