आफ्नै अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिन्धुलीको डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा एउटा मोटरसाइकलमा सवार किशोरीका बुबाको मृत्यु भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको हो । प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसान्धान गरिरहेको छ । बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।