पार्टी एकता छिट्टै टुंगोमा पुग्छ : प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम छिट्टै टुंगोमा पुर्याइने बताएका छन् । 

पत्नी सीता दाहालको अमेरिकामा उपचार गरेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दे पार्टी एकता छिट्टै टुंगिने बताएका हुन् । 

आफू अमेरिका जान नपरेको भए एकता टुंगीसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘म अमेरिका जान नपरेको भए सायद यो दश दिनमा पार्टी एकताको काम सकिन्थ्यो भन्ने नै मलाई लागेको थियो । अब चैँ हामी धनीभूत रूपले यही काममा लाग्छौँ । छिट्टै यसलाई टुंगोमा पुर्याइन्छ ।’ 

पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा नेकपाका नेताहरूले विघटनको सार्वजनिक अभिव्यक्ति दिएका छन् । सोही कारण पनि पार्टी एकता टुंग्याउन नेतृत्वलाई दवाब बढेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार ११:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया