फोरमसँगको पार्टी एकताको हल्ला निराधार : नयाँ शक्ति

काठमाडौँ– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकता गर्न लागिएको खबरको नयाँ शक्तिका नेताहरूले खण्डन गरेका छन् । 

नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले पार्टीको एजेण्डा अनुसार संघीय समाजवादी फोरम लगायतका राजन्ीतिक पार्टी र स्वतन्त्र व्यक्तिहरूसँग धु्रवीकरणका लागि भेटघाट हुने कुरा सामान्य भएको बताएका छन् ।

फरकधारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘पाँच महिना, पाँच काम, पाँच परिणाम भन्ने हामीले पाँच महिने अभियान चलाएका छौँ । पाँचओटा काम मध्ये एउटा काम ध्रुविकरणको काम हो । यो हाम्रो अभियानको एउटा एजेण्डा नै हो । यो एजेण्डाअन्तर्गत हामीले संघीय समाजवादी फोरम, अरू राजनीतिक पार्टी, पार्टी मात्रै नभएर स्वतन्त्र व्यक्तित्वहरूसँग पनि ध्रुवीकरणका लागि अहिले भेटघाट गरिरहेका छौँ ।’

नयाँ शक्तिका सूचना तथा सञ्चार विभाग प्रमुख विश्वदिप पाण्डेले फरकधारसँग कुरा गर्दे छलफल, भेटघाट मात्र भएको र पार्टी एकताको विषयमा कुनै कुरा नभएको बताए । 

फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुन लागेको हो भन्ने फरकधारको प्रश्नमा पाण्डेले भने, ‘ छलफल र भेटघाट हुन्छ । तर एकता नै हुने गरेर छलफल अगाडि बढेको छैन  ।’ 

वैकल्पिक शक्तिहरूकाबीचमा ध्रुबिकरणका लागि छलफल, सहकार्य र एकताकालागि नयाँ शक्ति पार्टी सधैँ तयार रहेको पाण्डेको भनाई छ । बजारमा चर्चा भएजस्तो एकताकै उचाइमा कतै पनि कुनै पनि पार्टीसँग छलफल नभएको उनले बताए । 



उनले भने, ‘वैकल्पिक शक्तिरूबीच ध्रुवीकरणका लागि छलफल, सहकार्य र एकताका लागि नयाँ शक्ति पार्टी सधैँ तयार छ । बजारमा चर्चा भएजस्तो एकताकै उचाइमा कतै पनि कुनै पनि पार्टीसँग छलफल भएको छैन । विभिन्न विकल्पमा राजनीतिक छलफल र कुराकानी त सबै वैकल्पिक शक्तिहरुबीच नयाँ शक्ति पार्टीले बेलाबेला गरिरहेकै छ ।’ 



  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १२:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया