logo-img

प्रधानन्यायाधीश श्रेष्ठ भन्छन्– ‘अहिले अदालतलाई कसैले औँला ठड्याउन सकेको छैन’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन् । उनले कर्मचारीको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको  दाबी गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’ को शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीमाथि कसैले पनि औँला ठड्याउने अवस्था नरहेको जिकिरसमेत गरे ।

उनले न्यायकर्मी सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । न्यायालयको प्रमुखको हैसियतले न्यायालयभित्रका सबै कर्मचारी, न्यायाधीशमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानुनसँग सम्बन्धित विषयमा कुनै पनि समस्या भएमा समाधानका लागि आफूले सधैं साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए ।  

प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वाससमेत व्यक्त गरे ।  
 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १८:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया