प्रताप दास र नीता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताए । उनले गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा विश्वस्त रहेको बताए ।
मल्लले विदेशमा रहेर पनि नेपाली कला, संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको बताए । केशवराज भट्टले निर्देशन गरेको गीतमा शंकरा थापाको संगीत रहेको छ । यस्तै, गीतलाई डिपि खनालले लेखका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।