गायनमा परिणीति चोपडा, कहिले दिँदै छिन् पहिलो प्रस्तुति ?
फाइल तस्बिर

बलिउड अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगीतिक लाइभ गर्ने भएकी छन् । उनले आइतबार आफ्नो इन्स्टाग्राम हेण्डलमा गीत गाउने अभ्यास गर्दै गरेको भिडियो क्लिप राख्दै आफू त्यसका लागि तयारी अवस्थामा रहेको जनाउ दिएकी हुन् ।

भिडियोमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’, उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् ।

गत जनवरी २५ मा उनले संगीतको दुनियाँमा पाइला चाल्ने घोषणा गरेकी थिइन् । उनले यो निर्णय आफ्ना लागि एक नयाँ अध्याय भएको र संगीत यात्राका लागि आफूले भाग्यशाली महसुस गरेको बताएकी थिइन् । 

उनले सन् २०१७ मा फिल्म ‘मेरी प्यारी विन्दु’ लागि गाएको गीत ‘माना के हम’को एक भिडियो शेयर गर्दै आफू गायन क्षेत्रमा आएको घोषणा गरेकी थिइन् ।

सन् २०११ मा फिल्म ‘लेडिज वर्सेज रिकी बहल’बाट अभिनयमा पाइला चालेकी परिणीति पछिल्लोपटक अक्षय कुमारका साथ फिल्म ‘मिसन रानीगन्ज’मा देखिएकी थिइन् ।

उनको आगामी फिल्म ‘चमकिला’ हो । यो फिल्ममा उनी दिलजीत दोसांझका साथ देखिँदै छिन् । यो फिल्म पञ्जाबमा आधारित छ । जहाँ दिलजीतले अमर सिंह चमकिलाको भूमिका निभाएका छन् । परिणीति उनकी साथी अमरजोतको भूमिकामा छिन् । जसलाई सन् १९८८ मा उनका व्याण्डका दुई सदस्यसँगै गोली हानी हत्या गरिएको थियो ।

  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ११:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया