२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

प्यालेस्टाइनलाई हराउँदै कतार एसियन कपको क्वाटरफाइनलमा

घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।


कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए ।



पहिलो हाफको अतिरिक्त छैटौँ मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए ।

प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९ औं मिनेटमा गोल गरेपछि कतारले २–१ गोलको अग्रता बनाएको थियो । 



त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २–१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो । 
 




  • प्रकाशित मिति : १६ माघ, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया