[भर्खरै] प्रदेश २ का बाँकी सबै एसइई परीक्षा स्थगित गर्ने निर्णय

काठमाडाैं— पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले प्रदेश २ मा अब हुने सबै एसइई परीक्षा स्थगित गरेकाे बताएका छन् । यही महिनाभित्र अर्काे रुटिन निकालेर परीक्षा लिने पनि उनले जानकारी दिए । 

उनले एसइई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएको विषय कानुनको उल्लघंन भएको बताएका छन् । उनले रद्द तथा स्थगित भएका परीक्षामा जुट्न विद्यार्थीलाई आह्वान गर्दै यसलाई आपराधिक घटनाको संज्ञा दिएका छन् । 

उनले स्थगित भएका विज्ञान र सामाजिक शिक्षाका परीक्षा अब छिट्टै हुने जानकारी दिएका छन् । उनले यो आपराधिक घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरीमा ल्याउने पनि बताएका छन् । ‘हाम्रो अनुरोधमा गृहमन्त्रालयमा निर्देशन प्राप्त गर्दै सिआइबीले छानबिन गर्न सुरु गरेको छ,’ उनले भने, ‘बाँकी परीक्षाको सुरक्षाका लागि सतर्कता अपनाउन निर्देशन दिएका छौँ ।’

उनले अब बाँकी भएका प्रदेश २ का सबै परीक्षा स्थगित गर्न निर्देशन दिइसकेको छ । तर, २२ गते हुने भनिएको विज्ञान विषयको परीक्षा चाहिँ त्यही दिने हुने जानकारी दिएका छन् । अन्य प्रदेशमा परीक्षा यथावत् हुने उनले बताएका छन् । 

उनले यो सन्दर्भमा छानबिन सुरु भइसकेको र सत्यतथ्य आएपछि कानुनी कारवाही हुने दाबी गरे । ‘अपराधी बाहिर ल्याएर विद्यार्थीको परीक्षालाई सुनिश्चित गरेर अगाडि बढ्न सक्छौँ,’ उनले भने, ‘बाँकी विषयमा पछि छलफल गरौँला ।’ प्रदेश २ का मन्त्रीहरुले संघीयता फेल गर्न र प्रदेशलाई नराम्रो बनाउन केन्द्रले नै यस्तो षडयन्त्र गरेको हुनसक्छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार २०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया