एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को शुक्रबारको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरवादलाई १९९ रनको लक्ष्य दिएको छ । यसका लागि राजस्थानका सन्जु स्यामसनको नटआउट १०२ रन प्रहार गरे । यो नै यो सिजनाको आइपिएलको पहिलो शतक हो ।
सन्जुले यो आइपिएलको पहिलो शतक प्रहार गर्न ५५ बल सामना गरे । उनी ४ छक्का र १० चौकाको मद्दतले १०२ रन जोड्न सफल भएका हुन् ।
उनले ७० रन जोडेका कप्तान अजिंक्य रहाणेसँग दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए । आइपिएलमा सन्जुको यो दोस्रो शतक हो ।
राजस्थान रोयल्सले शुक्रबारको खेलमा टस जितेर ब्याटिङ गर्ने फैसला गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।