एप्पलले वायरलेस चार्जिङ एयरपावर उत्पादन बन्द गर्ने

एजेन्सी— विश्वमा आफ्ना उत्पादनहरुबाट चर्को बजार बनाइरहेको एप्पल कम्पनीले एउटा उत्पादन चाहिँ बन्द गर्ने भएको छ । त्यो उत्पादन हो– वायरलेस चार्जिङ गर्न मिल्ने डिभाइस एयरपावर । 

सन् २०१७ देखि उत्पादन सुरु गरिएको एयरपावरमा एकै पटकमा विभिन्न डिभाइसहरु चार्ज गर्न मिल्ने थियो । तर, एयरपावरको प्रयोग गर्दा यो अत्यन्त बढी तात्ने र यसको प्रयोगलाई आम मानिससम्म पुर्याउन नसकिएको भन्दै एप्पलले यसलाई बन्द गर्ने घोषणा गरेको हो । 

‘हामीले धेरै प्रयास गरेपछि एउटा निष्कर्षमा पुगेका छौँ, एयरपावरले हाम्रो गुणवेत्ता धान्न सक्दैन र हामीले यो प्रोडक्ट बन्द गर्ने भएका छौँ,’ एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, यसबारे थप केही भनिएको छैन । 

यसअघि सेप्टेम्बर २०१७ मा एयरपावरबारे घोषणा गरिएको थियो । एप्पलका अनुसार यसलाई सन् २०१८ को सुरुवात देखि नै बजारमा उपलब्ध गराउने भनिएको थियो । तर, यो उत्पादन कहिल्यै पनि बजारमा आएन । ‘हामी ग्राहकहरुसँग क्षमा माग्छौँ,’ एप्पलका हार्डवेयर इन्जिनियरिङ प्रमुख डान रिसिसियोले भनेका छन्, ‘हामीलाई विश्वास छ अबको विश्व भनेको वायरलेस हो । र, हामी यसमा केही काम गर्न खोजिरहेका छौँ ।’

एप्पलले वायरलेस चार्ज हुने प्रविधिलाई बन्द गरे पनि सामसङ र हुवावेले आफ्ना उत्पादन वायरलेस चार्ज गर्न सकिने डिभाइसहरु बजारमा ल्याइसकेका छन् ।





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार ९:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया