सामान्य अवस्थामा फर्किंदै हप्तौँदेखि डामाडोल काराकासको जनजीवन

काराकास– राजनीतिक संकटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो । 

सहरको अत्यन्त महत्वपूर्ण मानिएको सार्वजनिक यातायात सेवा शुक्रबार बिहानदेखि सुचारु भएको अधिकारीहरुले जनाएका छन् । 

राज्यसञ्चालित टेलिभिजनमार्फत सम्बोधन गर्दै काराकास महानगरका अध्यक्ष सेजार भेगाले सहरको जनजीवन सामान्य बन्दै गएको दाबी गरेका छन् । ‘हामीले बिस्तारै यातायात सेवालाई सुचारु गराएका छौँ भने अवरुद्ध भएका अन्य सेवाहरु पनि सुचारु गराउने छौँ,’ सम्बोधनमा मेयर भेगाले भने । 

उनले भेनेजुएलाका अन्य सहरहरुको अवस्था पनि उस्तैगरी सुधार हुँदै आएको दाबी गरे । शुक्रबारदेखि स्थानीय बासिन्दा काममा फर्कन थालेको उनले जनाए । 

स्थानीय बासिन्दाको गतिविधि बढ्न थालेपछि सहरको चहलपहल बढेको र मुख्य सडकहरुमा भिडभाड हुन थालेको नगरप्रमुख भेगाले उल्लेख गरे ।

आन्दोलनका कारण खानेपानी वितरणमा समस्या आएकामा अहिले ८४ प्रतिशत सेवा सुचारु भएको खानेपानी मन्त्री एभेल्यान भास्क्वेजले जनाएका छन् । 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १४:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया