काठमाडौं— दुई दिने नेपाल लगानी सम्मेलनमा समापन भएको छ । समापन समारोहमा विभिन्न विदेशी लगानीकर्ताहरुसँग १५ प्रोजेक्टमा एमओयुमा हस्ताक्षर भएको छ ।
पहिलो जोइन्ट भेन्चर सम्झौता चौधरी ग्रुपका निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सराफबीच एमओयु भयो ।
त्यस्तै, चौधरी ग्रुपले स्काइपावरसँग पनि जोइन्ट भेन्चर सम्झौता गरेको छ ।
अर्को जोइन्ट भेन्चरका लागि मोबाइल नेटवर्क सर्भिसको भएको छ । यो सिजी कोर्प ग्लोबल र टर्कीकाे कम्पनी टर्क सेलबीच भएको हो । यो सम्झौता पछि अब नेपालमा फाइभ जी मोबाइल सेवा चौधरी ग्रुपले सुरु गर्ने छ ।
त्यस्तै, नेपाल लगानी सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र निर्वाण चौधरीबीच दुई नम्बर प्रदेशमा सोलार पद्धतिमाथि लगानी गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।