काठमाडौं— स्काइ पावरका अध्यक्ष केरी एड्लरले लगानी सम्मेलनको समापन समारोहमा विशेष सम्बोधन गरे । उनले सम्बोधनको सुरुमा नेपालका हिमाल र पहाड, यहाँको वातवरणको मात्र होइन, नेपालीबारे पनि प्रशंसाका शब्द खर्चिए ।
त्यसपछि उनले भने– मैले पहिलो पटक जीवनमा आज नेपालमा योगा गरेँ । त्यसपछि उनले नेपालमा ६ सय मेगावाट सोलार पावरका लागि आफूहरुले काम गर्ने बताए । नेपाल आफैंले सोलार प्यानललाई एसेम्बल गर्ने उनले बताए । यसले नेपालमा नै रोजगारी उत्पादन हुने, यहाँको पैसा यहाँ नै रहने पनि उनले बताए ।
चौधरी ग्रुपसँग सम्झौता गरेको स्काइ पावरले एमओयु मात्र होइन, एउटा फ्रेमवर्क बनाएको उनले बताए । किन, कहिले र कति यहाँ गर्न सकिन्छ भन्नेबारे आफूहरु सचेत भएको उनले बताए ।
नेपाल र क्यानडाको सम्बन्धबारे पनि उनले केही शब्द खर्चिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।