काठमाडौं– नेपालका एक मात्र अर्बपति विनोद चौधरीले नेपाल लगानी सम्मेलनको समापन समारोहमा सम्बोधन गरेका छन् ।
उनले नेपालको अस्थिर राजनीति अब सकिएको र अगाडि बढ्ने समय आएको कार्यक्रममा बताए । ‘२५ वर्ष नेपाली राजनीतिक अस्थिरता हुँदा पनि नेपाल राम्रो छ भन्ने सन्देश यो सम्मेलनले दिएको छ,’ उनले भने, ‘अब नेपाल स्थिर राजनीति सुरु भएको छ ।’
चौधरीले आफूहरुले मुख्यालय नेपालमा नै राखिरहनुको कारण पनि उल्लेख गरे । ‘हामीले विश्वका विभिन्न देशमा व्यवसाय गरिरहँदा पनि नेपालमा नै हाम्रो मुख्यालय नेपालमा नै राख्यौँ,’ उनले भने, ‘यो भावनात्मक कारण मात्र होइन । यो किन हो भने हामीलाई नेपालमा विश्वास छ ।’
उनले आफ्नो विकास भएको पनि नेपालबाट नै भएकाले यो विश्वास कायम रहने बताए ।
चौधरी ग्रुपले सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रदेश २ मा २ सय मेगावाट सौर्य ऊर्जाका लागि सम्झौता गरेको छ । यो विषयमा उनले प्रदेश २ का मुख्यमन्त्री राउतलाई धन्यवाद पनि दिए ।
उनले अब नेपाल विश्वभर चिनिएको र अब खास काम अगाडि देखिनु पर्ने पनि सम्बोधनमा बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।