पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
‘खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,’ ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भने । मृतकमध्ये क्रमश : ७ र ४ वर्ष र छ महिनाका बालबालिका रहेका छन् ।
खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति हुँदा घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।
‘शत्रुको इरान निर्मित ड्रोनले पेट्रोल पम्पमा प्रहार गर्दा इन्धन विस्फोट भई १४ वटा निजी घरहरू जलेका छन्,’ उनले भने ।
खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीनवटा ड्रोन प्रहार गरिएको बताए । खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि आक्रमणहरू भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।