बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अविस्मरणीय र बेजोड नाटकीय अनुभव बनाएर भारतीय फिल्मको सबैभन्दा ठूलो आइपी बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।
स्पाई युनिभर्सले ‘एक था टाइगर(२०१२)’ र ‘टाइगर जिन्दा हे(२०१७)’ बाट सुरु गर्दै ‘वार(२०१९)’को सफलताले एउटा नयाँ उचाइमा पुर्यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पुर्याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ले सहयोग गर्यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।
यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढंगले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।
आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टरकनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।
‘पठान’मा टाइगर र पठानलाई पहिलोपटक स्क्रिनमा एकसाथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ले पुनः ‘टाइगर ३’मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ईस्टर एग’मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’को आधार तयार पार्यो ।
अब भने आदित्यले दुई साथी, टाइगर र पठानबीच ‘चरम’ द्वन्द्व गराउँदैछन् । जसले एक फिल्मको बनाउने छ र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द्व’मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।
‘आदित्य एक यस्तो फिल्मका साथ भारतका दुई ठूला फिल्म आइकन शाहरुख खान र सलमान खानबिच ‘मेगा भिडन्त’ गराउन चाहिरहेका छन् । जुन टाइगर भर्सेस पठानबीच हिंस्रक टकरावको अग्रदुत हुनेछ । उनी एक यस्तो फिल्म बनाउँदैछन्, जसले अन्तिम प्रदर्शन अघि वाईआरएफ स्पाई यूनिवर्सलाई एकापसमा जोड्नेछ’, आदित्य निकट स्रोतले भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।