इमाडोलमा एक महिला र दुई बच्चाको मृत्यु

ललितपुरको इमाडोलमा एक महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–३,  ओचुहाइटमा बस्ने रविना महर्जनको घरको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो भने अचेत अवस्थामा भेटिएका उनका दुई बच्चाको उपचारका क्रममा मृत्यु भएको हो । 

महिला चार तल्लाबाट हामफाल्दाफाल्दै स्थानीयले देखेर स्थानीयले उनलाई उद्धर गरेर किस्ट अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । 

कोठामा बेहोस अवस्थामा भेटिएका २ वर्षीया छोरी रविना महर्जन र ६ वर्षीय छोरा अश्वेत महर्जनको पनि उपचारका क्रममा किस्ट अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । 

रविनाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ  भने दुई बच्चाको मृत्युको कारण खुलेको छैन ।

रविना सो घरमा सासू श्रीमान् र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् ।



  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार २२:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया