एकीकृत समाजवादीले आगामी निर्वाचन एक्लै लड्ने (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकले गरेका निर्णयहरूको सर्कुलर पार्टी पंक्तिमा पठाएको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्न निर्देशन दिइएको छ ।

सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै सर्कुलरमा हालै बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरू पठाइएको छ । 

‘आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी संगठनको निर्माणको आवश्यकताबारे हामीले धेरैपटक चर्चा गरेका छौँ,’ अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा भनिएको छ, ‘त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढीभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ । यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ ।’

वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेपालले एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै मुलुकको समग्र राजनीतिक चुनौतीको सामना गर्न सक्ने दाबी गरेका छन् । 

पूर्णपाठ



  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार २३:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया