मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले भुटानविरुद्ध खेलिरहेको छ । खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।
नेपालले आजको खेलमा पनि राम्रो सुरुवात गरेको छ । १० ओभरको खेल सकिँदा नेपालले २३ रन मात्र दिएर एक विकेट लिएको छ । नेपाललाई पहिलो सफलता कविता कुँवरले दिलाइन् । उनले यश छोडेनलाई एक रनमा बोल्ड गरेकी हुन् ।
नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कप खेल पाउनेछन् ।
त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।