क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता आज डेब्यू गरेका युवा तीग्र गतिका बलर हेमन्त धामीले दिलाए । उनले ४५.४ ओभरमा श्रेयस मोव्वालाई २५ रनमा क्याच आउट गराए ।
क्यानडाको पाँचौं विकेट युवा अलराउन्डर कुशल मल्लले लिए । उनले ३६.५ ओभरमा हर्ष ठाकरलाई २९ रनमा एल्बीडब्लू धरापमा पारे । क्यानडाको चौथो विकेट स्पिनर ललितनारायण राजवंशीले लिए । उनले २७औँ ओभरको अन्तिम बलमा ओपनर नवनीत धालिवाललाई ५० रनमा क्याच आउट गराए ।
क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिए । उनले १८.१ ओभरमा निकोलस किर्तनलाई तीन रनमा क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर आकाश चन्दले दिलाए ।
उनले १३औँ ओभरको अन्तिम बलमा श्रीमन्थ विजेरत्नेलाई २२ रनमा क्याच आउट गराए । नेपाललाई पहिलो सफलता आज डेब्यू गरेकका युवा तीव्र गतिका बलर हेमन्त धामीले दिलाए ।
उनले क्यानडाका ओपनर आरोन जोनसनलाई ४ रनमा पवेलियन फर्काए । हेमन्तले आफ्नो दोस्रो ओभरमै विकेट लिएका हुन् । नेपालले आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल र क्यानडाबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।