जग्गा तथा आवास विकास महासंघको आयोजनामा पोखरामा आयोजित महासभाको समापनपछि घर फर्किनेक्रममा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
यही २७ माघको बिहान २ बजे पथलैयामा ट्रयाक्टरसँग कार ठोक्किँदा रौतहट जग्गा तथा आवास विकास संघका अध्यक्ष देवेन्द्र अर्याल, सचिव अजय शाह, सदस्यहरू विष्णु पहाडी, कृष्ण पोखरेल र सवारी चालक सन्तोष देवकोटा घाइते भएका हुन् ।
दुर्घटनामा संघका अध्यक्ष अर्यालको टाउको र अनुहारमा चोट लागेको छ । अर्यालको आइसियू राखेर उपचार भइरहेको छ । सचिव शाहको अवस्था गम्भीर रहेको वीरगञ्जस्थित मेडिसिटी बयोदा अस्पतालले जनाएको छ ।
शाहको आइतबार राति टाउकोको अप्रेशन गरिएको छ । बाँकी तीन जनालाई भने सामान्य चोटपटक मात्र लागेको संघका सदस्य विष्णु पहाडीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।