नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बिदा हुनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले एक थोक भनेर अर्कै काम गर्ने गरेको बताए ।
उनले जनताको काम पूरा गर्न नसके पदबाट बिदा लिएर बस्नुपर्ने बताए । उनले सांसदले संसदमा उठाएका कुरा सम्बोधन नहुने हो भने बोल्नुको कुनै औचित्य नहुने बताए ।
उनले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनतालाई आवश्यक राहत दिन नसकेको बताए । दसौंदीले सरकारले अस्थायी आवास नबनाइदिँदा चिसोका कारण ४५ जनाभन्दा बढी भूकम्प पीडितको ज्यान गएको बताए ।
सरकारले सांसदले दिएको सुझावलाई गम्भीरताका साथ नलिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।