५ वर्षकाे बच्चालाई स्टेम सेल दिन १० हजार मानिस अस्पातल पुगे

लन्डन– ब्लड क्यान्सरबाट ग्रसित एक पाँच वर्षीय बच्चाको उपचारका लागि स्टेम सेलको आवश्यकता थियो । सुरुमा डोनर र उसको स्टेम सेल म्याच भइरहेको थिएन् । यसपछि बच्चाका अभिभावकले उपचारका लागि सहयोग गर्न सामाजिक सञ्जालमा अपिल गरेका थिए । 

बच्चालाई सहयोग गर्न १० हजारभन्दा बढी मानिस अगाडि आए । यी सबैको जाँचपछि तीन डोनरसँग मात्र बच्चाको स्टेम सेल म्याच भयो । 

५ वर्षका अस्कर सक्सेल्बी लीलाई दुर्लभ क्यान्सर एक्युट लिम्फोलास्टिक ल्युकेमिया भएको थियो । बोनम्यारोले सामान्य ब्लड सेल प्रोड्युस नगर्दा यस्तो रोग लाग्छ । अस्करका बुवा जेमी ली र आमा ओलिवा सेक्सेल्वीका अनुसार बच्चालाई यो रोग लागेको २०१८ को डिसेम्बरमा मात्रै थाहा पाएका थिए । 

उनीहरुले डोनरलाई धन्यवाद दिएका छन् । 

स्टेम सेल दिन बर्मिंघम चिल्ड्रन्स हस्पिटल पुगेका व्यक्ति वर्षाको समेत प्रवाह नगरी घण्टौ लाइनमा बसेर रजिष्ट्रार गरेर स्टेम सेल चेक गरेका थिए । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार ११:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया