क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ । क्यानडाका कप्तान शाद बीन जाफर ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपालले पेनाल्टीमार्फत पाँच रन प्राप्त गरेको हो ।
नियमअनुसार ब्याटरले दोस्रोपटक पिचमा टेकेपछि विपक्षी टिमलाई ५ रन पेनाल्टीमार्फत रन दिने गरिन्छ । आजको खेलमा जाफरले पहिलोपटक पिचमा टेकेपछि उनलाई अम्पायरले चेतावनी दिएका थिए । तर, त्यसपछि पनि उनले सोही गल्ती दोहोर्याएपछि नेपालले पाँच रन पेनाल्टीमार्फत पाएको हो ।
एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।
उनी ४.५ ओभरमा डिलन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।
उसका लागि ओपनर नवनीत धालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । यस्तै, निखिल दत्तले ४५, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५, कप्तान सादन बिन जाफरले अविजित ३१, श्रीमन्थ विजेरत्नेले २२ रन जोडे । नेपालका लागि आज डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ५० रन दिएर सर्वाधिक तीन विकेट लिए ।
यस्तै, कुशल मल्लले दुई/दुई, आकाश चन्द तथा ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।