कांग्रेस आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टी महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन् । 
 
महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उनले आज 'आर्थिक उपसमिति'को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुंगटा तथा सदस्यहरुमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन् । 
 
सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया